default_image

Racquet

October 7, 2021

जयराम पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – जयराम महर्जनले प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिताको पुरुष भेट्रान ४० वर्षमाथि सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे । प्रतियोगिता असोज २७ गतेसम्म चल्ने छ ।

October 7, 2021

प्रकाश र कुमारको जोडी क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे । मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार […]

October 7, 2021

अन्तर्राष्ट्रिय अम्पायर थापालाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन वल्र्ड फेडेरेशनको कोर्ष गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलले बिहिबार शुभकामनासहित बिदाई गरेका छन् । थापालाई नेपाल ब्याडमिन्टन संघसँग आवद्ध अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि किरण कारञ्जित, राष्ट्रिय रेफ्री अनुप शाक्य तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरुले खादामाला लगाएर बिदाई गरे । ब्याडमिन्टन एशियाका सर्टिफाईड […]

October 5, 2021

रिभरसाइडलाई अर्जुनधारा जेसिज ब्याडमिन्टनको उपाधि

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । बुधबार महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स कम्पनी काँकरभिट्टाका प्रनिससिंह ठकुरी र सत्यम सुब्बाको जोडीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । रिभरसाइडका नविन र एसियाले ठकुरी र […]

October 5, 2021

निमिशा र शुभाङ्गी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे । यु–१० गल्र्स […]

October 3, 2021

आयोजक रिमिक्सका पविन र सुरोजको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जित्न सफल भएका छन् । आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि उचालेका हुन् । पविन र सुरोजको जोडीले डङ्गोल र […]

September 30, 2021

रिमिक्स क्लबमा ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ अन्तर्गत पुरुष युगल तर्फ ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी विजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा […]

September 23, 2021

टेबल टेनिस टोली दोहा जाने

काठमाडौं (हाम्रो खेलकुद) – पच्चीसौं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा जाने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् । खेलाडीले विभिन्न […]

September 22, 2021

अम्पायर अर्याललाई प्राविधिक टोलीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा लाइन जजको भुमिका निर्वाह गरेका ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय अम्पायर उदय अर्याललाई नेपाली राष्ट्रिय ब्याडमिन्टन अम्पायरहरुले स्वागत तथा सम्मान गरेका छन् । प्रथम रिभाइव लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको समापन समारोह दौरान उनलाई सम्मान गरिएको हो । राष्ट्रिय ब्याडमिन्टन अम्पायर पुष्पा घिमिरे, […]

September 21, 2021

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब रत्नजित तामाङ र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा शीर्ष वरीयताका रत्नजितले विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका आयोजक रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै च्याम्पियन बनेका […]

Success

Thank you for your time.