default_image

Racquet

November 22, 2021

प्रधान सेनापति लन टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी […]

November 19, 2021

अभिलाषा र टेलरको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । सर्किट– १ […]

November 19, 2021

सक्षम र सुनिरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं/एसियन यु–१४  र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए । नेपाल टेनिस […]

November 15, 2021

प्राज्नाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धरले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, […]

November 13, 2021

बाह्रबिसे कप ब्याडमिन्टनमा ५ लाख बढी पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ । आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिल्क ग्रुपको प्रायोजन र बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी भएको प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता मंसिर १६ देखि […]

November 12, 2021

पाकिस्तानमा अभिलाषाको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि […]

November 2, 2021

आरभ र सलोनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आरभ सम्राट हाडा र सलोनी तामाङले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष एकलतर्फ तथा सलोनी महिला एकलमा च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ को सेटमा पराजित गर्दै आरभले उपाधि जित्न सफल भएका हुन् । महिलातर्फ सलोनीले […]

November 1, 2021

ऋतिक र आरभ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राणा र आरभ सम्राट हाडा गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा राणाले अकि जुवेन राउतलाई ६–२, २–६ र ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१ र ६–२ ले पराजित गर्दै उपाधिनजिक पुगे । यस्तै महिला एकलतर्फ प्रेरणा कोईराला […]

October 31, 2021

टेबल टेनिस तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ । लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको […]

October 30, 2021

टेबल टेनिसको प्रशिक्षण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टनिसका अन्तर्राष्ट्रिय अम्पायर नरेश रावल र तेजन सिंहले सञ्चालन भएको माई जेन्डर माई स्ट्रेंथ कार्यक्रम सम्पन्न भएको छ । एएनटिटिए अन्तर्गत अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) स्विट्जरल्यान्ड र आइटिटिएफ फाउन्डेसन जर्मनीको कार्यक्रममा काठमाडौंमा सात दिन सम्म प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो । कार्यक्रममा टेबल टेनिसको नियम, प्रशिक्षणलगायतका विषयमा जानकारी गराइको थियो […]

Success

Thank you for your time.