June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि छनोट भइसकेका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् । कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्। त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि […]
June 3, 2024
सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको लनटेनिस कोर्ट स्तरोन्नतीसंगै “फल्ड लाईट” जडान गरिएको छ । बुटवलको कोर्ट काठमाडौं बाहिर फल्ड लाइटसहित एक मात्र लनटेनिस कोर्ट बनेको छ । कोर्टमा रातिको समयमा पनि खेल्न सकिने गरि बुटवल लनटेनिस संघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र उपभोक्ताहरुको सहभागितमा फल्ड लाइट जडान गरिएको हो […]
May 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा भाग लिने भएका छन् । १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ । जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने बताइएको छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र […]
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो […]
May 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । ब्याडमिन्टनमा यसपटक […]
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)– टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको राखेपले जनाएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला […]
May 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा यसै जुलाईमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । छनोट प्रतियोगिता १३-१५ तारिखसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरु खेल्नेछन् । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक […]
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता प्रदीप खड्का र अभिलाषा विष्टले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि रक्षा गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरूष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रदीपले उपाधि रक्षा गर्ने क्रममा प्रणव मानन्धरलाई सोझो सेटमा सहजै हराए । उनले ६–३ र ६–२ ले खेल आफ्नो […]
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन प्रदीप खड्का, ऋतिक राणा, प्रणव खनाल र प्रणव मानन्धर दसौं सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले मंगलबार भएको खेलमा आयुशमान हजुर घलेलाई ६–० र ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे । ऋतिकाले आशिष खड्कालाई ६–२ र ६–३ ले सहजै […]