January 21, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स सोही कलेजमा ११ कक्षामा अध्ययनरत छन् । मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार […]
January 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान […]
January 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजनवापत केबी सामले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष […]
January 2, 2022
दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । […]
December 31, 2021
पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]
December 24, 2021
विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सुरु भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा बेलबारीका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले आयोजक क्लब विराटका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडीसँग तथा विराटका उत्तम […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलमा सिल्क ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८ र २१–१३ को जित निकाल्दै १–० को […]