April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रियान्सुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक अपी स्पोर्ट्स म्यानेजमेन्ट र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ चैतदेखि २०७९ १ वैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले […]
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरे । विनेशले […]
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दिपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे । महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई […]
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज÷गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित ग¥यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो […]
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ । एप्रिल ६ अर्थात विश्व टेबल टेनिस दिवसको दिन आज (बुधबार) नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् । लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका […]
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु […]
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१४ मा क्यारिना र यु–१२ मा नर्वदा पहिलो भएका हुन् । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ […]