default_image

Racquet

September 2, 2024

टेबल टेनिसलाई‌ थ्री सिक्स्टी वानको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टेबल टेनिसका सिनियर र जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी थ्री सिक्स्टी वानले प्रायोजन गरेको छ। अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमाल र थ्री सिक्स्टी वान (३६१) को नेपालका लागि आधिकारिक विक्रेता सर्व सिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता ४ […]

August 24, 2024

अध्यक्ष हमालसहित टेबलटेनिसमा सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमाललाई‌ अध्यक्षमा निर्विरोध चयन गरेको छ। हमालसहित १२ सदस्यीय केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् । शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह […]

August 24, 2024

संयोजक वैद्यसहितको बहिष्कारका बाबजुद टेबलटेनिस संघको चुनाव हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल‌ टेनिसको‌ तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]

August 19, 2024

टेबल टेनिस संघको निर्वाचन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ। लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना […]

July 30, 2024

प्रिन्सको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका न्यात एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् । लगातारको दोस्रो हारसँगै उनी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिए । जुनियर विश्व नम्बर एक खेलाडी रहिसकेका प्रिन्सले कुनै पनि […]

July 28, 2024

प्रिन्स सोझो सेटमै पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् । प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर […]

July 27, 2024

स्यान्टु पहिलो चरणबाटै बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका छन् । सेनगलका खेलाडी इब्राहिमा डियाव विरुद्ध सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १२-१० ले पहिलो सेट गुमाएका थिए । तर त्यसपछिको तीन सेटमा भने उनले प्रतिस्पर्धा […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 14, 2024

अल्काराजलाई लगातार दोस्रो विम्बल्डन उपाधि

एजेन्सी – स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक ग्रान्ड स्लाम विम्बल्डन उपाधि जितेका छन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्काराजले आइतबार नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । अल्काराजले ६-२, ६-२ र ७-६ (७-४) ले जोकोभिचलाई हराए । जोकोभिचले अन्तिम सेटमा ३ च्याम्पियनसिप अंक बचाएका थिए । तर अन्त्यमा टाईब्रेकरमा उनी […]

July 12, 2024

प्रिन्स पेरिस ओलम्पिकको कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]

Success

Thank you for your time.