default_image

Racquet

June 1, 2022

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा नाडालले चिरपरिचित प्रतिद्धन्द्धी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट सहजै ६–२ ले आफ्नो पक्षमा पारेको नाडालले दोस्रो सेट ४–६ ले […]

May 31, 2022

दुवईमा दिवस र एसियाको जोडीलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको ‘बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप–२०२२’ मा पुरुष युगलतर्फ कास्यपदक जित्न सफल भएको छ । उनीहरु पाँच चरणको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा दिवस र एसियाको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २–१ को सेटमा पराजित हुँदै फाइनलमा पुग्नबाट वञ्चित बन्यो […]

May 28, 2022

ह्वीलचेयरमा डिगमलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन् । रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते । राष्ट्रिय पारा […]

May 28, 2022

प्रिन्सको वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा रहेका नेपाली उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयता खस्किएको छ । उनी एकपटक सातौ स्थानमा झरेका हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले १ अप्रिलमा जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स एकैपटक सातौ स्थानमा झरेका हुन् । विश्व नम्वर १ भए देखि हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा […]

May 26, 2022

जुनियर टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) –टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज-गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन […]

May 24, 2022

एसियाली जुनियर टेनिसमा प्रशंसालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]

May 23, 2022

बोधित र वियंकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो भएका हुन् । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे । […]

May 22, 2022

युवराज र स्मृति पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र […]

May 22, 2022

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ […]

May 16, 2022

टेनिसका पूर्व अध्यक्ष लामाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको आइतबार निधन भएको छ । उनको ९५ वर्षको उमेरमा निधन भएको नेपाल टेनिस संघले जनाएको छ । लामा करिब दुई साता अघिदेखि स्वास्थ्यमा कठिनाई आइपछि मनमोहन अस्पतालमा आइसियुमा उपचार गराइरहेका थिए । स्व. लामाको सोमबार स्यवम्भूमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको टेनिस संघले जनाएको […]

Success

Thank you for your time.