August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन् । आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी […]
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् । महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् । भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार […]
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । १२ लाखको लागत रहेको […]
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्याल जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बुधबार जापान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र खेतान स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष विकास खेतानले खादा लगाएर बिदाई […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर-क्याडेटको पुरुष-महिलामा २–२ स्पर्धा समावेश छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्यालले जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्ने भएका छन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो । यससँगै अम्पायर अर्यालले जापानको टोकियोमा २२ देखि २९ अगस्टसम्म आयोजना हुने टोटल इनर्जी बिडब्लुएफ ब्याडमिन्टन च्याम्पियनसिपमा लाइन जजको […]