default_image

Racquet

September 30, 2022

टेनिस टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य […]

September 28, 2022

जुनियर ब्याडमिन्टनमा नेपाललाई दुई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसियन जुनियर रिजनल च्याम्पियनसिपमा नेपालले दुई कास्यपदक जितेको छ । नेपालले यू–१५ र यु–१७ मिक्स टिम इभेन्ट्समा कास्य जित्न सफल भएको हो । भारत र श्रीलंकासँग पराजित हुँदा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० को सेटमा हराउँदै कास्य जित्न सफल भएको हो । यू–१५ मा […]

September 28, 2022

एपिएम टेवल टेनिसलाई सिओम नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएमका निर्देशक दान बहादुर महता र सिओम नेपालका प्रवन्ध निर्देशक ज्याकी महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार सिओम नेपालले प्रतियोगिताको अनुमानित लागत रकमको ४०% (अक्षरुपी पाँच […]

September 26, 2022

टेबल टेनिसका शिवसुन्दर वैवाहिक बन्धनमा बाधिए

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसको तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सुन्दर गोठे वैवाहिक बन्धनमा बाधिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका शिव र काठमाडौं गोकर्णकी रोमी श्रेष्ठबीच सोमबार विवाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । शिव भक्तपुर निवासी हुन् । शिव सुन्दर दक्षिण एसियाली खेलकुदका […]

September 24, 2022

नवीता र संयोग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय नवीता श्रेष्ठ र संयोग कपाली केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नवीता महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे । […]

September 24, 2022

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

September 23, 2022

संयोग र विनेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका संयोग कपाली र विनेश खनियाँ केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगलेले केकेएम/एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–१४ र ११–७ तथा विनेशले नेपाल आर्मीका कृष्ण थापा मगरलाई ११–५, ११–५, ८–११, १४–१२ र ११–१ को सेटमा पराजित गरे […]

September 23, 2022

जुनियर ब्याडमिन्टन टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित बिदाई गरेका छन् । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]

September 22, 2022

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई […]

September 21, 2022

राजेन्द्र र आनन्द पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]

Success

Thank you for your time.