default_image

Racquet

January 14, 2023

सुविन र दिलशा जुनियर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिको च्याम्पियन बनेका छन् । यु–१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यस्तै छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१० र २१–१९ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भए […]

January 13, 2023

सुनिल र आरिशको जोडीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए । यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको […]

January 12, 2023

नेपालले विश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने […]

January 12, 2023

इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा बिहीबारदेखि इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिप बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको हलमा बिहीबारदेखि शुरु भएको हो । यू१३ ब्वाईजतर्फ अच्युत ढुंगेल, प्रनिश कार्की, सुहम कार्की, आयुष मगर, रिजन मगर, शिशिर राना, आदित्य […]

January 12, 2023

प्रविणालाई रात्रीकालिन टेबल टेनिसमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ३ की प्रविणा शाक्यले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमास्वर्ण पदक जितेकी छिन् । प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा […]

January 11, 2023

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

January 9, 2023

इनास अपी स्पाेर्ट्स जुनियर ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू११, यू१३ र यु१५ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर […]

January 7, 2023

टेनिस टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा […]

January 5, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानको वार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको […]

January 4, 2023

टेवल टेनिसका संयोग र रुविनलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कतारमा यसै सातादेखि आयोजना हुने एसियाली टेवल टेनिस च्याम्पियनसिप (फाइनल स्टेज) मा सहभागिता जनाउन जाने दुई नेपाली पुरुष खेलाडीलाई बिदाई गरेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडी रुविन महर्जन र संयोग कपाली (ओलम्पिक छात्रवृत्ति) लाई बुधबार नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा बिदाई […]

Success

Thank you for your time.