default_image

Racquet

April 10, 2023

अभिलाषा ‘मेन ड्र’ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् । ‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली […]

April 9, 2023

टेबल टेनिस टोली कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल […]

April 1, 2023

दिल र विवेकको जोडीलाई जनजाति कप ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् । […]

March 29, 2023

जनजाति कप ब्याडमिन्टन महोत्सव शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – पाख्रिन तामाङ समाजको आयोजनामा यही शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव आयोजना हुने भएको छ । बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव चैत १८ गते शनिबार ललितपुर लगनखेलस्थित रिभाईभ लिजर पार्कको हलमा एक इभेन्ट्स पुरुष डबल्स हुने आयोजकले जानकारी गराएको छ । समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको […]

March 17, 2023

नेपालले वल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने छन् । […]

March 14, 2023

प्रिन्स श्रीलंकन ओलम्पियन दिनुकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका उदियमान एवं विश्व जुनियरमा शीर्ष स्थानमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल मैत्रीपूर्ण खेलमा श्रीलंकन नम्बर एक तथा ओलम्पियन दिनुका करुणारत्नेसँग पराजित भएका छन्। मिडलसेक्स ब्याडमिन्टन डोम लन्डनमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा प्रिन्स दिनुकासँग १५–२१ र १३–२१ ले पराजित भए । हिमालयन ब्याडमिन्टन क्लब, युकेको निमन्त्रणामा युके भ्रमणका दौरान प्रिन्सले दिनुकासँग […]

March 13, 2023

नविता र संयोग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुल्लातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुषतर्फको फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र […]

March 12, 2023

विनेश र संयोग फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, […]

March 11, 2023

विश्वलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र […]

March 10, 2023

सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु […]

Success

Thank you for your time.