December 4, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ । अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघ यसै महिनाको अन्त्यमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज २०१६ आयोजना गर्ने भएको छ । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने सिरिजमा नेपालसहित एसियाका १३ राष्ट्रका खेलाडीको सहभागिता रहने संघले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटको अवसर पाएका छन् । आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध पक्ष बारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आफूले पनि दैनिक जसो टेबलटेनिस खेल्ने गरेको र यसबाट स्वास्थ्यमा पनि सुधार भइरहेको […]
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् । प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलिया जाने भएकी छन् । राष्ट्रिय टेबलटेनिस महिला खेलाडीको पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार बिदाइ गर्यो । जिल्ला अध्यक्ष समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्य, केन्द्रीय सचिव एवं टेबलटेनिस मुख्य प्रशिक्षक शंकर गौतम, […]
October 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ । गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) विद्यालय ब्याडमिन्टनका खेलाडी उत्पादनको गर्ने गरी पाँचथरमा कार्यकम सुरु गरीएको छ । सानो उमेर देखिनै सिपयुक्त दक्ष खेलाडी उत्पादन गर्ने गरि योजना अघि बढाइएको छ । विद्यालयका शिक्षकहरुलाई तालिम दिए खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारीएको छ । सदरमुकाम फिदिममा पाँचथर र ताप्लेजुङ दश विद्यालयका शिक्षकलाई व्याडमिन्टन सम्बन्धि तालिम दिइएको छ । […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद )- पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङसलको जोडीले शुक्रबार स्वर्ण जितेको छ । फाइनलमा रत्न र नङसलको जोडीले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलायो । नेपाली ब्याडमिन्टनको […]