default_image

Racquet

April 27, 2017

उपाधि रक्षाका लागि संरक्षकभूषणले जितेन्द्रको सामना गर्ने

काठमाडौं(हाम्रो खेलकुद)– जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् । जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् । बुधबार सुरु भएको यी दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो […]

April 26, 2017

इरासँग साविक विजेता मायांका स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् । पुरुष […]

Tennis

April 25, 2017

जुम्ल्याहा दिदीबहिनी सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र […]

April 24, 2017

उपाधि रक्षाको बाटोमा अघि बढ्दै संरक्षकभूषण

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता संरक्षकभूषण बज्राचार्य  सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि रक्षातर्फ एक कदम अघि बढेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले सोमबार तनुज अग्रवाललाई ६–० र ६–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे । त्यस्तै प्रणव खनाल, कुमार अधिकारी, दावा शेर्पा, अनिल शाही, सन्तोष खत्री, जितेन्द्र परियार र नवीन मगर […]

April 24, 2017

नेपालले ३६ वर्षपछि एसियाली स्क्वासमा सहभागिता जनाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सञ्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष […]

default_image

April 10, 2017

गौतम एसियाली प्राविधिक कमिटीको सदस्यमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद)–अखिल नेपाल टेबलटेनिस संघका महासचिव एवं टेबलटेनिस प्रमुख प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको प्राविधिक कमिटीको सदस्यमा मनोनित भएका छन् । चीनको उसीमा जारी युनियनको साधारणसभाले गौतमलाई सदस्यमा मनोनित गरेको साधारणसभामा सहभागी टेबलटेनिस संघका उपाध्यक्ष धम्रमान वज्राचार्यलेले जनाएको राष्ट्रिय खेलकु परिषद्ले सोमबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

March 6, 2017

अर्को महिना म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण अर्को महिला म्याग्दीमा आयोजना हुने भएको छ । गंगटा युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रेशम पुनले जानकारी दिए । चैत ९ देखि १२ गते सम्म बेनी कभर्ड हलमा हुने प्रतियोगितामा […]

March 1, 2017

ब्याडमिन्टन अम्पायर थापा सम्मानित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी सम्मानमा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई पनि सम्मान गरेको छ । एनएनआइपिएले राजधानीमा मंगलबार आयोजित कार्यक्रममा थापालाई ब्याडमिन्टन खेलमार्फत देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उचो बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पत्र प्रदान गरेको हो। एसियाली ब्याडमिन्टनका सिनियर अम्पायर थापाले गत बर्ष ब्राजिलको […]

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 2, 2017

ललितपुर उपमहानगरपालिका सार्वजनिक संस्थान च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत पदक जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र भाग लिएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, […]

Success

Thank you for your time.