September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता यही बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता यही भदौं २१ गतेदेखि २४ गतेसम्म गराउने जानकारी गराएको हो । यस्तै एकेडेमीले करिव ७० जना खेलाडी राख्न मिल्ने छात्रावास सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी गराए […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]
September 3, 2017
न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित […]
September 2, 2017
न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]
August 31, 2017
न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो […]
August 30, 2017
न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग […]
August 30, 2017
न्यू योर्क (एजेन्सी) – – साविक बिजेता एञ्जेलिक कर्वर वर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार राति भएको खेलमा साविकको विजेता जर्मन स्टार कर्वर जापानी खेलाडी नाओमी ओसाकासँग सोझो सेटमा पराजित भइन्। छैटौं बरियाताकी कर्वर सन् २०१६ देखि व्यवसायिक टेनिस खेल्न थालेकी १९ वर्षीया ओसाकासँग ६–३ र ६–१ […]
August 9, 2017
पोखरा (हाम्रो खेलकुद) – सबै क्षेत्रको सहयोगमा दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले जनाएको छ । शनिबार सम्पन्न अवार्डको मञ्चले बुधबार समिक्षा बैठकमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं […]
August 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरण कोइरालाले प्रथम एएनएलटीए जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्स उपाधि शनिबार जितेका छन् । संरक्षक ब्वाइज र प्रेरणा गर्ल्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण पनि जिते। ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन […]
August 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता अरहान्तकेशर सिंह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्याम्पियन बने । पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१० र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि […]