January 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो । महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक […]
January 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा विभागीय टोलीका खेलाडीको दबदबा कायम रहेको छ । ३९ औं राष्ट्रिय प्रतियोगिताको समेत रहेको प्रतिस्पर्धाको दोस्रो दिन बिहीबार भएको डबल्स तर्फको इभेन्टमा विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ जिल्लाका प्रतिद्वन्द्वीमाथि हावी रहे । दिनको अन्त्यतिर भएको पुरुष र महिला सिंगल्समा पनि विभागीय […]
January 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले ३९ औं हुआवे राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला र पुरुष दुवै टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । राखेप च्याम्पियनसिप अन्तर्गतको प्रतियोगितामा पुलिसले दुवैतर्फ फाइनलमा छुट्टाछुट्टै विभागीय टोलीलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० ले पाखा लगाएको पुलिसले महिलातर्फ […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमा नै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ । प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ), नेपालका लागि हुवाईका आधिकारिक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले […]
December 26, 2017
ललितपुर (हाम्रो खेलकुद )- टेबल टेनिसका पूर्व नम्बर एक खेलाडी शिवसुन्दर गोथे दुर्घटनामा परि घाइते भएका छन् । ललितपुर हात्तीवनको लिटिल एन्जेल्स स्कुल पछाडि सेती पाखाको बाटोमा हिडिरहेको समयमा मिनि ट्रकले ठक्कर दिएपछि शिवसुन्दर घाइते भएका हुन् । उनको बि एन्ड बिको आकस्मिक सेवामा उपचार भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र शोभा गौचनको जोडी राजधानीमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गतको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबार भएको फाइनलमा दिपेश धामी र शोभा गौचनको जोडी भारतीय भी डेभलेकर र हारिका भेलुदुर्तीसँग २१–१५ र २१–७ को सोझो सेटमा पराजित […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा पाँच मध्ये एउटा इभेन्ट्को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्सको फाइनलमा पुगेपछि नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गत महिना पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्ण पदक जितेका दीपेश र शोभाले आज भएको सेमिफाइनलमा […]
December 21, 2017
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा राष्ट्रिय स्तरको ब्याडमिन्टन कर्भड हल बन्ने भएको छ । जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले जिल्ला खेलकुद विकास समिति (जिखेविस) को सहयोगमा कभर्ड हल बनाउन लागेको हो । जिखेविसले संघलाई ४ कट्ठा जग्गा उपलव्ध गराएपछि कभर्डहल बनाउन सहज भएको बताइएको छ । ब्याडमिन्टन संघले सुर्खेतमा आधुनिक शैलीको ब्याडमिन्टन कर्भड हल बनाउने भन्दै […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजअन्तर्गत मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार दुई खल जित्दै रत्न दोस्रो चरणमा प्रवेश गरेका हुन् । पहिलो खेलमा भारतका ध्रुवकुमारलाई २१–१७ र २१–१६ को सोझो सेटले हराएका रत्नले अर्को खेलमा भारतकै […]