March 18, 2016
काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]
December 23, 2015
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]
December 11, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने महिला खेलाडीको शुक्रबार टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने महिला खेलाडी सागका लागि छनोट भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको महिला राउन्ड रविन लिगमा इरा रावत पहिलो हुादै छनोट भइन् । ८ खेलाडी […]
November 21, 2015
सेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला लनटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले यु–१२ र यु–१० उमेरसमूहमा भाग लिने छ । यु–१२ मा अभिलाषा विष्ट र प्रेरणा कोइराला तथा यु–१० मा आरभसम्राट हाडा र अकि जुवेन रावतले नेपालको चुनौती प्रस्तुत […]
October 9, 2015
काठमाडौं, असोज २२ गते थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक […]
September 11, 2015
भाद्र २५,पोखरा अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२ ले तथा शक्तिले निरज थापालाई ६–४,६–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । ‘बि’ तर्फको उपाधी नविन श्रेष्ठले जिते । उनले फाइनल […]
September 9, 2015
भदौ २३,पोखरा गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियागिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शरण गुरुङ्ग र धरमबहादुुर लामिछानेको जोडिमाथि संघर्षपूर्ण जित हाासिल गर्दै भट्टराई जोडि सेमिफाइनल पुगेको हो । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित प्रतियोगिताको पहिलो सेट […]
September 7, 2015
काठमाडौं भदौ २१ गते । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]
August 12, 2015
काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई उपाध्यक्ष, निरेश श्रेष्ठलाई सचिव तथा सञ्जय अमात्यालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । मनोज शाह, राजु श्रेष्ठ, हेम गुरुङ तथा प्रवीण वैद्य सदस्यमा चयन भए । […]