default_image

Lawn Tennis

January 28, 2020

रुपन्देही लन टेनिस संघको अध्यक्षमा श्रेष्ठ

बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए । अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए । […]

January 11, 2020

लनटेनिस टोली फिलिपिन्सतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेको छ । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन […]

October 21, 2019

रायनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]

September 27, 2019

सागलाई टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष÷महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ । सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए । महिलामा एपीएफकी […]

September 17, 2019

लन टेनिस खेलाडीको विदाई

बुटवल (हाम्रो खेलकुद) – नौलिन स्पोर्टस् भिल्लाको आयोजनामा काठमाण्डौमा सन्चालन हुने दोस्रो नौलिन जेटिआइ जुनियर लन टेनिस प्रतीयोगीतामा भाग लिने खेलाडीको विदाई गरिएको छ । बुटवलमा ६ खेलाडी र प्रशिक्षक गरि ७ जनाको विदाई गरिएको हो । ८ देखी १२ बर्षसम्मका खेलाडीबीचको प्रतिस्पर्धामा सहभागिता जनाउन रुपन्देहीबाट निश्चल ज्ञवाली,योगेश ज्ञवाली, दिपेश ज्ञवाली, शाहिल थापा,रोहीत रानाभाट,बृजेश अर्याल […]

September 8, 2019

सेरेनालाई पराजित गर्दै वियान्काले जितिन् पहिलो ग्रान्डस्लाम उपाधि

एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् । न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा […]

September 7, 2019

नाडाल युएस ओपनको फाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । शुरुको सेटमा निकै कडा प्रतिस्पर्धा गर्नु परेपनि नाडालले त्यसपछिको दुवै सेटमा खासै […]

September 5, 2019

नाडाल युएस अ‍ोपनको सेमिफाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान अर्थ एसे स्टेडियम न्युयोर्कमा भएको क्वाटरफाइनलमा ३३ वर्षीय नाडालले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । नाडालले २०औं वरीयताका डिएगोमाथि ६–४, ७–५ र ६–२ को सेटमा जित […]

September 4, 2019

फेडेरर युएस ओपनको क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – पाँचपटकको च्याम्पियन तथा तेस्रो वरीयताका स्वीस रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा फेडेरर बुल्गेरियाका ७८औं वरीयताका ग्रिगर दिमित्रोभसँग ३–२ को सेटमा पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । न्युयोर्कस्थित सेन्ट्रल कोर्टमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो […]

September 4, 2019

सेरेना युएस ओपनको सेमिफाइनलमा

एजेन्सी – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्थर एसे स्टेडियमको कोर्टमा बुधबार राति भएको खेलमा आठौं वरीयताकी सेरेनाले १८औं वरीयताकी चीनकी वाङ क्विाङलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् । ३७ वर्षीय सेरेनाले वाङमाथि खेलको सुरुवातदेखि नै दवावमा राख्दै ६–१ र ६–० […]

Success

Thank you for your time.