default_image

Lawn Tennis

September 2, 2020

मर्रेको पूनरागमन जित

एजेन्सी – बेलायती नम्वर एक एन्डी मर्रेले पूनरागमन जित निकाल्दै युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । ३३ वर्षीय मर्रेले जापानी योसीहितो निसीओकासँग शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै ३–२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका हुन् । न्युयोर्कस्थित आर्थर एसे स्टेडियममा मंगलबार राति भएको दर्शकविनै जारी रहेको खेलमा […]

August 30, 2020

जोकोभिच सिनसिनाटी ओपन च्याम्पियन

एजेन्सी – विश्व नम्बर एक सवियन नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २–१ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि ३३ […]

June 23, 2020

जोकोभिचलाई पनि कोरोना संक्रमण

एजेन्सी – विश्व नम्बर १ सर्बियन टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्बिया र क्रोएसियामा एड्रीए टुर आयोजना गर्न सहयोग गरेका जोकोभिचलाई कुनै लक्षण भने देखिएको छैन । सर्बियामा पहिलो खेल खेलेपछि गत साता नै अर्को खेलका लागि टोली क्रोएसियाको जादारमा पुगेको थियो । खेल सकिएर बेलग्रेड फर्किएपछि जोकोभिचसँगै उनको परिवारको […]

May 30, 2020

फेडेररले मेस्सी र रोनाल्डोलाई पछि पारे

एजेन्सी – फुटबलका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लन टेनिसका रोजर फेडेरर फोर्ब्सको सुचीमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।  बार्सिलोनाका कप्तान मेस्सीले शीर्षस्थान गुमाएका हुन् । फोर्ब्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सुचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र […]

April 2, 2020

विम्बल्डन टेनिस यो वर्ष नहुने

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको सबैभन्दा पुरानो ग्रान्डस्लाम विम्वल्डन ओपन टेनिस च्याम्पियनसिप यो वर्ष नहुने भएको छ । अल इंग्ल्यान्ड लन टेनिस क्लबको बुधबार बसेको आपतकालिन बैठकले आउदो २९ जुनदेखि १२ जुलाईसम्म तय भएको विम्वलडन ओपन टेनिस स्थगित गर्ने निर्णय गरेको हो । वर्षको तेस्रो ग्रान्डस्लामको रुपमा रहेको विम्वल्डन ओपन टेनिस दोस्रो […]

February 18, 2020

भगवतीसँग प्रिति पराजित

बुटवल (हाम्रो खेलकुद) –बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वोमन्स सिगलतर्फ भगवती विकले प्रिति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र ईन्द्रकला श्रेष्ठले पुजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन्। मेन्स […]

February 6, 2020

बुटवल खुल्ला लन टेनिस फागुनमा

बुटवल (हाम्रो खेलकुद) – रुपन्देही लन टेनिस संघले फागुनमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल देबिनगरस्थित कोर्टमा फागुन ५ गते देखि ९ गते सम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न ८ विद्यामा हुने प्रतिस्पर्धामा सय भन्दा बढी खेलाडीको सहभागिता रहने संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी […]

February 3, 2020

जोकोभिचलाई अष्ट्रेलियन ओपन उपाधि

एजेन्सी – दोस्रो वरियाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा जोकोभिचले पाँचौ वरियताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । निकै नै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा […]

January 30, 2020

अष्ट्रेलियन टेनिस खेलाडीको नेपालमा मृत्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल […]

January 28, 2020

रुपन्देही लन टेनिस संघको अध्यक्षमा श्रेष्ठ

बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए । अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए । […]

Success

Thank you for your time.