June 8, 2021
एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]
June 1, 2021
एजेन्सी – विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै नाम फिर्ता लिने निर्णय गरेकी हुन् । २३ वर्षीय ओसाकाले प्रतियोगिता सुरु हुनुअघि नै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार सम्मेलनमा उपस्थित नहुने बताएकी थिइन् । सन् […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले […]
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला डबल्समा मंगलबार जित हात पारेका छन् । महिला डबल्समा नेपालका उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए । त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ […]
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष […]
February 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंगबहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा […]