default_image

Lawn Tennis

April 29, 2022

प्रदीप र सलोनीको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा […]

April 28, 2022

प्रणव र अभिलाषाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं सिटिजन्स बैक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति […]

April 26, 2022

प्रदीप र प्रणव क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज […]

April 25, 2022

आशिष र अकीको विजयी सुरुआत

काठमाडौंं (हाम्रो खेलकुद) – आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ […]

April 24, 2022

सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – राजु श्रेष्ठले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी […]

April 23, 2022

सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै […]

April 15, 2022

लनटेनिस टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ । बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा […]

February 10, 2022

लनटेनिस ५ खेलाडी श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताअन्तर्गत एसिया ओसिएना प्रि क्वालिफाइङमाभाग लिने भएका छन् । ५ खेलाडीसहित ६ सदस्यीय टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने नेपाल टेनिस संघले जनाएको छ । फागुन २ देखि ७ गते सम्म हुने प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र […]

January 30, 2022

नाडालले जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम […]

January 28, 2022

नाडाललाई मेडभेडेभ प्रतिद्धन्द्धी

एजेन्सी – कीर्तिमानी २१ पटक ग्रान्डस्लाम उपाधि जित्ने संघारमा रहेको स्पेनिस टेनिस खेलाडी राफयल नाडालले अष्ट्रेलियन ओपनको फाइनलमा रसियन ड्यानिल मेडभेडेभ प्रतिद्धन्द्धी पाएको छ । मेलवर्न पार्कमा शुक्रबार भएको दोस्रो सेमिफाइनमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई ३–१ को सेटमा पराजित गर्दै मेडभेडेभ लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको हो । दोस्रो वरीयताका मेडभेडेभले चौथो वरीयताका स्टेफानोस […]

Success

Thank you for your time.