July 7, 2022
एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो […]
July 6, 2022
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट […]
July 5, 2022
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सका बोटिक भान डीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । पहिलो र दोस्रो सेटमा ६–४ र ६–२ को सहज जित निकालेको नाडालले तेस्रो सेटमा जितको लागि […]
July 4, 2022
एजेन्सी – डिफेन्डिङ च्याम्पियन सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शीर्ष वरीयताका जोकोभिचले आइतबार राति डच वाइल्ड कार्ड टिम भानलाई ३–१ को सेटमा पराजित गर्दै आफ्नो सातौं उपाधिको सम्भावना कायम राखेका हुन् । अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेका जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ को सेटमा जित निकाल्न […]
July 2, 2022
विजय नेपाली, पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो । ३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज-गल्र्स दुवैमा पहिलो भएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो । नेपाल टेनिस संघद्वारा आयोजित […]
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल […]
June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । भारतले नेपाललाई ३–० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । ब्वाइज-गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज-गल्र्स दुवै टोली पराजित भयो । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे […]