default_image

ब्याडमिन्टन

March 29, 2023

जनजाति कप ब्याडमिन्टन महोत्सव शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – पाख्रिन तामाङ समाजको आयोजनामा यही शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव आयोजना हुने भएको छ । बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव चैत १८ गते शनिबार ललितपुर लगनखेलस्थित रिभाईभ लिजर पार्कको हलमा एक इभेन्ट्स पुरुष डबल्स हुने आयोजकले जानकारी गराएको छ । समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको […]

March 14, 2023

प्रिन्स श्रीलंकन ओलम्पियन दिनुकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका उदियमान एवं विश्व जुनियरमा शीर्ष स्थानमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल मैत्रीपूर्ण खेलमा श्रीलंकन नम्बर एक तथा ओलम्पियन दिनुका करुणारत्नेसँग पराजित भएका छन्। मिडलसेक्स ब्याडमिन्टन डोम लन्डनमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा प्रिन्स दिनुकासँग १५–२१ र १३–२१ ले पराजित भए । हिमालयन ब्याडमिन्टन क्लब, युकेको निमन्त्रणामा युके भ्रमणका दौरान प्रिन्सले दिनुकासँग […]

March 7, 2023

दान बहादुर र मायालाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवी तामाङ, रत्नजित तामाङ र नङ्सल देवी तामाङका बुवा दान बहादुर तामाङ र आमा मायादेवी मोक्तानलाई स्पेशल अवार्ड प्रदान गरिएकाे छ । मञ्चले १९औं बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको स्पेशल अवार्डबाट नेपाली खेलकुदमा अविभावकको भुमिकाबाट नेपाली खेलकुदमा दिएको योगदानको कदर गर्दै दान बहादुर र […]

March 1, 2023

ब्याडमिन्टनका प्रिन्सले अब एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले घरेलु प्रतियोगिताहरु अब नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा विश्व नम्बर एक रहिसकेका प्रिन्सले मंगलबार एक वर्षको सम्झौता गरेको एपिएफ क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए । यसअघि झन्डै ४ महिना नेपाल पुलिस क्लबमा रहेका उनले विराटनगर फागुन ७ गते पुष्पलाल स्मृति […]

February 19, 2023

पुष्पलाल ब्याडमिन्टनमा प्रिन्स लगातार तेस्राेपटक च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहालले पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् । विराटनगरमा आइतबार भएको लिनिङ्ग १२औं संस्करणको पुरुष एकलतर्फको फाइनलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै प्रिन्स लगातार तेस्रोपटक च्याम्पियन बन्नदै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् । प्रिन्सले शीर्ष १६ वरीयताभित्रको पुरुष एकलको फाइनलमा […]

February 18, 2023

प्रिन्स र जेशिका फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्रको पुरुष एकलतर्फ प्रिन्सले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् […]

February 17, 2023

प्रिन्स र बिष्णु सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकाद्धय प्रिन्स दाहाल र बिष्णु कटुवाल विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बिष्णुले एपिएफका देवराज रानालाई २४–२२ र २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११ र २१–८ ले पराजित गर्दै अन्तिम चारमा […]

February 16, 2023

पविन र प्रनिश क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता बाहेकको पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४ र २१–११ र प्रनिशले […]

February 15, 2023

प्रिन्स र रशिला क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको शीर्ष १६ वरीयताको पुरुष एकलतर्फ बुधबार भएको लिगको समूह ‘बी’को खेलमा प्रिन्सले आफ्नै क्लबका जीवन आचार्यलाई […]

February 14, 2023

प्रिन्स र रुकेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जनले बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । राष्ट्रिय च्याम्पियन प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७ र २१–११ ले तथा अर्को खेलमा पुलिसकै पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो सफलता पाएका हुन् । नेपाल […]

Success

Thank you for your time.