default_image

ब्याडमिन्टन

June 29, 2023

प्रिन्स र बिजितको जोडी दोश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोश्रो चरण प्रवेश गरेका छन् । दाहाल र मगरको जोडीले बनेपाका सानु बाबु गोले र किरण थापाको जोडीलाई २१–८ र २१–९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । यस्तै नेपाल पुलिसका जीवन […]

June 28, 2023

पविन र विजितको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आजदेखी ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ । प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले उद्घाटन गरे । मन्त्री लिम्बुले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने भन्दै खेलकुदको माध्ययमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सवै लाग्नु पर्ने बताए । उनले खेलकुदमा प्राईभेट […]

June 24, 2023

तेश्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेबाट हुने भएको छ । ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ […]

June 11, 2023

प्रिन्स र रशिलासँगै सुनिल र जेशिका एशियन गेम्सलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९औंएशियन गेम्सका लागि छनोट भएका छन् । नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसँगै सुनिल जोशी र जेशिका गुरुङ पनि छनोट भएका छन् । वैकल्पिक खेलाडीमा […]

June 8, 2023

प्रिन्स र रशिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । पुरुष एकलमा च्याम्पियन बनेको प्रिन्सले पुरुष डबल्स र मिक्स डबल्सगरी तेहोरो उपाधि जित्न सफल भए । यस्तै […]

June 7, 2023

प्रिन्स र रशिला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा उपाधिनजिक पुगेका हुन् । नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बुधबार भएको […]

June 6, 2023

प्रिन्स र रुकेश क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल एपीएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा मंगलबार भएको प्रि–क्वाटरफाइनलमा प्रिन्सले आर्मीका कबिर केसीलाई २१–७ र २१–१२ ले […]

May 17, 2023

कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ तेस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाल एपिएफ क्लबले एपिएफ मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २१ देखि २४ गते सम्म एपिएफ मुख्यालय हल्चोकमै हुने सशस्त्र […]

April 23, 2023

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका उदियमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सिरिज १००० च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स डबल्स गरि […]

April 1, 2023

दिल र विवेकको जोडीलाई जनजाति कप ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् । […]

Success

Thank you for your time.