October 4, 2017
हाम्राे खेलकुद (काठमाडाैं ) – प्रफुल महर्जन, प्रिन्स दाहाल र रसिला महर्जन ब्याडमिन्टन एसियाकाे अायाेजनामा बर्मामा भैरहेकाे जुनियर ब्याडमिन्टन च्याम्पियनसिपकाे दाेस्राे चरणामा प्रवेश गरेका छन् । ब्याडमिन्टनका चिफ काेच
October 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को आयोजना म्यानमारमा हुने जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । असोज १८ देखि २२ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले यू १५ र यू १७ मा महिला र पुरुषमा गरि चार खेलाडीले प्रतिस्पर्धा गर्ने टोलीका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जानकारी दिए […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी नङ्सल तामाङले पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको ‘महिला वर्ष खेलाडी’ को उपाधि जितेकी छिन् । नङ्सलले भाइ रत्नजितसँग मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएकी थिइन् । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्णपदक जितेका थिए । अन्य मनोनयन : ज्ञानु अवाले, सरस्वती भट्टराई , सावित्रा भण्डारी कान्छीमाया कोजु ।
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका तामाङ दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ लगातार दोस्रोपटक जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । तामाङ दिदिभाई पहिलो संस्करणमा पनि महिला एकल र पुरुष एकलतर्फ च्याम्पियन बनेका थिए । पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट खेलाडी पुरुषको मनोनयनमा समेत रहेका रत्नजितले पुरुष एकलतर्फ सेनाकै नविन श्रेष्ठ माथि २२–२०, २१–१३ […]
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ । यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदी भाई रत्नजित र नङ्सल दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेनाका खेलाडी भाई रत्नजितले पुरुष एकलतर्फको खेलमा नेपाल पुलिसका बिष्णु खड्कालाई २१–८, २१–१५ मा पराजित गर्दै फाइनलमा सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । अर्को खेलमा नविनले पुलिसका दिपेश धामीलाई १७–२१, २१–१९, २१–१४ ले पराजित […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ दोस्रो जेष्ट ब्याडमिन्टर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न प्रतियोगिताको पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङले प्रि–क्वार्टरफाइनलमा नेपाल एपिएफ क्लबका विजित थापामगरलाई २१–९, २१–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । यस्तै एपिएफका सुदीप सेंढाई र […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र […]
September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]