December 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा मंगलबार सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याटिमन्टनमा नेपालसहित २० देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा १ सय १७ पुरुष र ६१ महिला गरि १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको […]
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । भारोत्तोलनका कीर्तिमानी खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दो खेलाडी यानकुमारी चौलागाई, पूर्व राष्ट्रिय भलिबल खेलाडी निताकुमारी शाह, एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल तथा पारा तेक्वान्दोकी रन्जना धामीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरिएको हो । सोही अवसरमा एथलेटिक्स प्रशिक्षक हरि […]
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली खेलाडीको राम्रो प्रदर्शन शुक्रबार पनि जारी रहेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनील जोसीले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा […]
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारत दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा च्याम्पियन बनेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा बिहीबार भएको फाइनलमा भारतले आयोजक नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मिक्स टिमको फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई […]
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स्ड टिम ईभेन्टसको फाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित नेपाल एपीएफो मुख्यालयको कोर्टमा बुधबार भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) –भारत दोस्रो दक्षिण एशियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा मंगलबार भएको टिम इभेन्टस भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । भारत समूह ‘ए’ को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । भारतसँग पराजित भएपनि बंगलादेश […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायर श्री उदय अर्याल भारत प्रस्थान गरेका छन् । भारतिय ब्याडमिन्टन संघको आयोजनामा भारतको लखनउमा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्य तर्फ प्रस्थान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान तथा साविकको विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौंपटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चिरपरिचित प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गर्दै रत्नजित लगातार सातौपटक च्याम्पियन बन्न सफल […]
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तीन विधाको उपाधिनजिक पुगेकी छन् । युवा प्रतिभा रशिला महिला एकल र महिला युगल र यु—१७ गर्ल्स गरी तीनै विधाको उपाधिनजिक पुगेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको महिला एकलतर्फको सेमिफाइनलमा साविकको […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपिएफ क्लबका दीपेश धामी राजधानीमा जारी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको क्वारटफाइनलमा रत्नले नेपाल पुलिस क्लबका निरविक्रम देवकोटालाई २१–१७ र २१–१८ ले पराजित […]