December 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]
December 13, 2018
काठमाडौं(हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भयो । महिला डबल्समा नेपालका नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ […]
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएको छ । रत्नजित र दीपेशको जोडीले आयोजक बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२–२० र २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । आजै भएको मिश्रित […]
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बंगलादेशमा आजबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज–२०१८ को दोस्रो चरणमा प्रवेश गरेका छन् । मगंगलबार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नजितले भारतीय खेलाडीमाथि पहिलो सेटमा २१–११ […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा भाग लिन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतत्वमा ४ जना त्यसतर्फ गएका हुन् । टोलीमा खेलाडी नङ्सलदेवी तामाङ, रत्नजित तामाङ र दीपेश धामी रहेका छन् । अध्ययनका लागि भारतमा रहेकी अमिता गिरी त्यहिबाट […]
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डका कुनलाभत भिटिडसर्न र चनानचिडा जुचारोयन योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेका छन् । कुनलाभत पुरुष एकलमा र चनानचिडा महिला एकलमा च्याम्पियन बनेकी हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा शनिबार भएको पुरुष एकलको फाइनलमा कुनलाभतले मलेसियाका टिक झि सुलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निकै […]
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बिहिबार भएको खेलमा नेपाली खेलाडी पुरुष एकल, मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्समा पराजित भएसँगै सिरिजमा नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलको क्वाटरफाइनलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ भारतका […]
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित […]
December 4, 2018
– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामी राजधानीमा आजबाट शुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा मंगलबार नेपाली शीर्ष वरीयताका रत्नजित तामाङले भारतका धुरव कुमारलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । […]