default_image

ब्याडमिन्टन

April 18, 2019

तामाङ दिदीभाई सेमिफाइनलमा

दाङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ आठौं अन्र्तगतको ब्याडमिन्टनको महिला एकल र पुरुष एकलको सेमिाफाइनलमा प्रवेश गरेकी छन् । घोराही कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीकी नङ्सलले आफ्नै क्लबकी रन्जना भट्टलाई २१–१८ र २१–१२ ले पन्छाउदै अन्तिमा चारको यात्रा तय गर्दा प्रदेश १ की सीताले नेपाल एपीएफ क्लबकी […]

April 17, 2019

रत्न र नङशल क्वार्टरफाइनलमा

दाङ (हाम्रो खेलकुद)– ब्याडमिन्टनका शीर्ष वरियताका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफका दीपेश धानी र सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाल पनि प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । ४० औं राष्ट्रिय ब्याडमिन्टनका रुपमा रहेको प्रतियोगितामा रत्नले एपिएफका गौतम कठायतलाई २१– ७, २१ – ९ ले हराए […]

April 17, 2019

ब्याडमिन्टन खेलाडी ईरफानलाई पितृशोक

दाङ (हाम्रो खेलकुद) – ब्याडमिन्टन खेलाडी ईरफान अन्सारीलाई पितृशोक परेको छ । अन्सारीका पिता नेपालगंज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गए राती निधन भएको हो । प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ घोराहीमा भईरहेको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँच नम्बर प्रदेशबाट सहभागिता जनाईरहेका थिए । पिताको निधनको खवरले दुखित खेलाडी ईरफान आफ्नो […]

April 16, 2019

ब्याडमिन्टनः तामाङ दिदिभाई क्वाटरफाइनलमा

घोराही (हाम्रो खेलकुद) –नेपाल नम्बर एक खेलाडी दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला र पुरुष एकलतर्फको क्वाटरफाईनलमा पुगेका छन् । आर्मीकी नङ्शलले आफ्नै क्लबकी गीता राईलाई २१–११ र २१–११ को अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् । आर्मीाबाटै खेलेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई […]

April 15, 2019

ब्याडमिन्टनको टिम इभेन्ट्समा एपिएफ र आर्मीलाई स्वर्ण

घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम […]

April 14, 2019

आर्मी र एपीएफसँगै दुई प्रदेश अन्तिम चारमा

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब […]

March 28, 2019

प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १५औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ मा च्याम्पियन बनेका छन् । प्रिन्सले ब्वाइजको फाइनलमा एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । यस्तै आर्मीकी रशिलाले गर्ल्सतर्फ मोरङकी सिमा राजबंशीलाई २१–१४ र २१–१५ ले पराजित […]

March 27, 2019

दोस्रो वरीयताका दिपेश तीनै बिधाको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताका नेपाल एपीएफ क्लबका दिपेश धामी १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तीन विधामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दिपेशले पुरुष एकल, युगल र मिश्रीत युगलमा सेमिफाइनलको यात्रा तय गरेका हुन् । पुरुष एकलमा एपिएफका गौतम सिंह कठायतलाई २१–१४, २१–८ ले पराजित गरेका धामीले पुरुष युगलमा […]

March 26, 2019

प्रिन्सको तेहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा मंगलबार तेहोरो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्स दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाईज यु–१७ मा जित निकाल्दै तीनै विधामा क्वाटरफाईनल प्रवेश गरेका हुन् । पुरुष एकलमा प्रिन्सले अन्तिम आठमा […]

March 25, 2019

दिपेश र प्रिन्स प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृति राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन दोस्रो वरीयताका दिपेशले म्याग्दीका विजय बानियालाई २१–८ र २१–८ को सहज जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भए । दुवई अन्तर्राष्ट्रिय […]

Success

Thank you for your time.