September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आशा बढेको बताएका छन् । आइतबार मात्र सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेका कारण योन्जन उत्साहित भएका हुन् । सिरिजमा नेपालले १ स्वर्ण, १ रजत र ६ कास्य […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए । सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल राजधानीमा जारी योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तरगतको पुरुष एकलमा सेमिफाइनलमा पुग्ने एक्ला नेपाली खेलाडी बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पुरुष एकलमा युवा स्टार प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्ने एक्ला नेपाली […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन स्टार रत्नजित तामाङ, दिपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङले नेपालकै विष्णु कटवालाई २१–७ र २१–१२ को सोझो सेटमा हराएर अन्तिम आठमा […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै […]
September 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) –सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ, दिपेश धामी, विष्णु कटुवाल, दिपक बोहोरा, अनुमाया राई र शोभा गौचन रहेका छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ […]
September 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै नै प्रतिस्पर्धात्मक […]
September 14, 2019
इटहरी (हाम्रो खेलकुद)-नेपाली सेनाका रत्नजित तामाङ आठौपटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियन बनेका छन् ।आठौंपटक उपाधि जित्ने क्रममा रत्नले चिरपरचित प्रतिद्धन्द्धी विभागीय नेपाल एपीएफका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा रत्नले दिपेशमाथि २१–१९ को जित निकालेको थियो । एकपक्षीय दोस्रो सेटमा रत्नजित २१–१३ ले […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले प्रतियोगिताको पाँचौ वरीयताका बसन्त कुमार राजेन्दरनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपानधि नजिक पुगेको हो । अघि संस्करणमा यु–१५ ब्वाइजमा च्याम्पियन बनेका प्रिन्सले शनिबार बसन्त […]