March 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियताको शीर्ष १० मा अटाएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्सले १ स्थान सुधार गर्दै शीर्ष १० मा अटाएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले १० प्रतियोगिता खेल्दै ९८६० अंक जोडेका छन् […]
March 2, 2020
सिन्धुली (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी प्रथम सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको च्याम्पियन बनेका छन् । सिन्धुली माडीमा आइतबार भएको फाइनलमा दिपेशले नेपाल पुलिस क्लबका विष्णु कटुवालमाथि २–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा दिपेशले विष्णुमाथि २१–१७ र २१–६ को […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले योनेक्स डच जुनियर इन्टरनेसनलममा लगातार दोस्रो जित निकालेको छ । नेदरल्यान्डको हादिम शहरमा शुक्रबार राति भएको डच जुनियर यु–१९ को पुरुष एकलमा प्रिन्सले चाइनिज ताइपेइका हुङ हुआङलाई २–१ को सेटमा पराजित गर्दै प्रिन्स लगातार दोस्रो जितसहित प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । सिरिजमा सातौ […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले डच जुनियर इन्टरनेसनल २०२० मा विजयी सुरुवात गरेका छन् । च्याम्पियनसिपको दोस्रो दिन बिहीबार प्रिन्सले रसियाका अर्टुर पेचिकिनलाई २१–१४ र २१–१३ को सोझो सेटमा हराएका थिए । प्रशिक्षक कमलेश निरौलानका अनुसार च्याम्प्यिनसिपमा सातौं वरियता प्राप्त प्रिन्स जितपछि अन्तिम ३२ मा पुगेका छन् । मार्च १ सम्म […]
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन् । उनले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् । प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन् । र्याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका […]
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् । शनिबार कीर्तिपुरस्थित टीयू कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ११-७ ले जितेकी शिरुषाले दोस्रो सेट ११-८ ले जित्दै उपाधि हात पारेकी हुन् । विभूतिकै पान्जोम लामा र […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सको राजधानी मनिलामा मंगलबार सुरु भएको ब्याडमिन्टन टिम एसिया च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता छैन । तर, च्याम्पियनसिप सञ्चालन गर्ने मध्ये एक नेपाली अम्पायर भने छन् । ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सन् २०१६ को रियो ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गरिसकेका थापाले मंगलबार तीन वटा खेलमा […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय च्याम्पियन दीपेश धामीले दुबईको अबुधाबीमा सञ्चालित ४३ औं आइएससी एपेक्स युएई ब्याडमिन्टन गोल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । चोटका कारण दीपेशले सेमिफाइनलको खेल भने त्याग्नु परेको थियो । मलेसियन खेलाडीविरुद्धको सेमिफाइनलका क्रममा उनको खुट्टामा चोट लागेको थियो । युवा स्टार प्रिन्स दाहाल यसपट भने पदक विहिन भएका छन् । च्याम्पियनसिपमा […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अध्ययनका लागि नेदरल्यान्ड्समा रहेका नेपाली युवा अभिलाष आर्याललाई त्यहाँको ब्याडमिन्टन संघले राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । लिखित र प्रयोगात्मक परिक्षामा उर्तिण भएपछि उनलाई त्यस्तो मान्यता दिएको हो । नेदरल्यान्ड्सको ब्याडमिन्टन लिग, राष्ट्रिय च्याम्प्यिनसिपका दौरानमा उनी प्रयोगात्मक परिक्षामा सामेल भएका थिए । त्यसमा उर्तिण भएपछि उनलाई राष्ट्रिय मान्यता दिएको हो । […]
January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ […]