July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थालेका छन् । प्रशिक्षक कुकले सोमबारदेखि वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याएका हुन् । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि […]
June 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पुजा श्रेष्ठले प्रशिक्षण शुरुवात गरेका छन् । प्रिन्स र पुजाले शनिबारदेखि बुल्स इन्डोर ब्याडमिन्टन हलमा प्रशिक्षण थालेको हो । कोभिड–१९ को महामारीको त्रास र त्यसबाट बच्न नेपाल सरकारले गरेको ३ महिना भन्दा लामो लकडाउनलाई १ असारदेखि खुकुलो बनाएसँगै खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण थालेको […]
April 3, 2020
दिपक न्यौपाने, बुटवल डढ दशक अघि स्थापाना भएको बुटवल ब्याडमिन्टन क्लबले खेलकुदका साथै सामाजिक कामलाई पनि निरन्तरता दिदै आएको छ । क्लबले विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीको रुप लिइरहेका बेला त्यो संक्रमणबाट जोगिनका लागि बुटवल उप महानगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । खेलाडी र पदाधिकारीहरुबा संकलन भएको २ […]
March 20, 2020
एजेन्सी – चीनको वुहानमा अप्रिललाई तय भएको ‘दि २० ब्याडमिन्टन एसिया च्याम्पियनसिप’ पुन सर्ने तय भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण वुहानबाटै फिलिपिन्सको मनिलामा हुने तय भएको च्याम्पियनसिप पुन मकाउमा सार्ने तयारी भएको छ । फिलिपिन्समा कोरोना प्रभाव बढ्दै गएपछि सरकारले एक महिनाका लागि ‘लकडाउन’ गरेपछि ब्याडमिन्टन एसिया प्रतियोगिता पुनः […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जुनियरतर्फ विश्ववरियताको सातौं स्थानमा रहेका ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । काठमाडौं डल्लुमा अवस्थित कञ्चनजंघा इन्टिग्रेटेड स्कुल (किम्स) ले प्रिन्सलाई मंगलबार स्कुलको खेलकुद सप्ताहको समापनको अवरमा सम्मानित गरेको हो । स्कुलले प्रिन्सले खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै सम्मानपत्रले सम्मानित गरेको हो । प्रिन्स एक साताअघि विश्व ब्याडमिन्टन फेडेरेसन […]
March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष सातौं स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक […]
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लतिलपुरका दिपेश शाक्य र ससिन डंगोल १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता […]
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । बर्लिनमा शुक्रबार राति भएको पुरुष यु–१९ एकलको प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ को सेटमा पराजित भएको हो । सुरुको सेट २१–१८ ले जितेपनि त्यसपछिको दुवै सेट प्रिन्सले १२–२१ र १२–२१ ले गुमाएको टिम म्यानेजर […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् । बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रोजित निकालेका छन् । बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलको खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ३२ मा पुग्न सफल भएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी […]