default_image

ब्याडमिन्टन

October 16, 2020

ब्याडमिन्टनकी सिताको घुँडाको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सिता राईको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । ट्रमा सेन्टरमा डक्टर सरोज राईसहितको टोलीले बिहीबार उनको घुँडाको शल्यक्रिया गरेको हो । असोज ८ गते प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । […]

September 26, 2020

ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् । युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न […]

September 19, 2020

प्रिन्स र रशिलालाई कैलाली ब्याडमिन्टनबाट खेल सामग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर सेभेन नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल र रशिला महर्जनलाई कैलाली जिल्ला ब्याडमिन्टन संघले ब्याडमिन्टन खेल साम्रगी सहयोग गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आइरहेका पुर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुको पहलमा कैलालीले खेलाडीका लागि दुई वर्षसम्मको लागि खेल सामग्री सहयोग गरेका हुन् । खेल सामग्री राष्ट्रिय खेलकुद […]

September 15, 2020

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् […]

September 14, 2020

ब्याडमिन्टनका ५१ खेलाडीको कोरोना बिमा

काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्य तथा सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले एकल प्रयासमा ब्याडमिन्टनका ५१ जना राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिदिएका छन् । एकेडेमीका अध्यक्ष कार्कीले आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ६ वटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल ५१ जना खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराएको छ । […]

September 12, 2020

दुवईंमा नेपाल ब्याडमिन्टन कम्युनिटीलाई दुई रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) को दुवईमा भएको दुवई इन्टर कम्युनिटी (समुदाय) क्लब ब्याडमिन्टन प्रतियोगितामा नेपालले दुई रजतपदक हात पारेको छ । दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्दै प्रतियागितामा दोस्रो स्थान समेत हात पार्न सफल भएको हो । नेपालले […]

September 9, 2020

ब्याडमिन्टन खेलाडी दीपेशलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला […]

August 18, 2020

प्रिन्सलाई कैलाली ब्याडमिन्टनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष सातमा रहेका नेपाली युवा ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई कैलाली जिल्ला ब्याडमिन्टन संघले साथ दिने भएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय खेलकुदको ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिनिधित्व गरिरहेका हुनाले पनि कैलाली जिल्ला ब्याडमिन्टन संघले प्रिन्सलाई दुई वर्षसम्मसाथ दिन लागेको संघका अध्यक्ष नवराज जोशीले जानकारी गराए । कैलाली ब्याडमिन्टननको […]

August 15, 2020

ब्याडमिन्टन प्रशिक्षक थापालाई स्वागत

महेन्द्रनगर (हाम्रो खेलकुद) – स्वयम् सेवक प्रशिक्षक रहेर दर्जन बढी राष्ट्रिय खेलाडी उत्पादन गरेका ब्याडमिन्ट प्रशिक्षक बिक्की थापालाई महेन्द्रनगरस्थित कभर्डहलमा शनिबार भव्य स्वागत गरिएको छ । प्रशिक्षक थापालाई नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर र ब्याडमिन्टन खेलाडीहरुले भव्य स्वागत गरेका हुन् । प्रशिक्षक थापा झन्डै चार वर्षपछि महेन्द्रनगरमा रहेको ब्याडमिन्टन कर्भहलमा फर्किदा त्यहाँ प्रशिक्षणरत […]

August 15, 2020

उप महासचिव श्रेष्ठको राजीनामा ब्याडमिन्टन संघबाट स्वीकृत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघले आफ्ना उप महासचिव लवभक्त श्रेष्ठले बुझाएको राजीनामा स्वीकृति गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दौरान र ब्याडमिन्टनका अन्य प्रतियोगिता आर्थिक अनियमिततामा आफ्नो नाम मुछिएपछि श्रेष्ठले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । यद्दपी उनले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए । संघको शनिबार बसेको […]

Success

Thank you for your time.