December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको सैनामैनामा दुईदिने प्रथम सैनामैना राष्ट्रिय खुल्ला पुरुष डबल्स तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना ब्याडमिन्टन क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा विभाागीय टोली, विभिनन जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता रहनेछ । प्रतियोगितामा योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग हुनेछ । […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टनको उपाधि जितेका छन् । विधान र विशालको जोडीले वाणगंगाका राजु थापा र विनोद पौडेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विधान र विशालको जोडीले राजु थापा र विनोद पौडेलको जोडीलाई २१–१६ र २१–७ ले पराजित […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी प्रिन्स दाहाल आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमिफाइनलमा सिल्क ग्रुपका प्रिन्सले रत्नजितलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब प्रिन्सले फाइनलमा आर्मीका नविन श्रेष्ठको सामना […]
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेनाका गोकुल जोरालाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले अन्तिम आठको यात्रा तय गरेका हुन् । […]
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका जितपुर –४ मा राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । कपिलवस्तुमा यस किसिमको खुल्ला ब्याडमिन्ट प्रतियोगिता पहिलोपटक आयोजना भएको हो । प्रतियोगितामा बुधबार प्रि–क्वाटरफाइनलसम्मको खेल सकिएको छ । बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडी, बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझी तथा […]
December 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरासुन्दरीका अभिषेक गुरुङले तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधि जित्न सफल भएका छन् । तोप – २१ को आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको फाइनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९ र २१–१५ ले पराजित गर्दै उपाधि जितेका हुन् । अभिषेकले जितका साथै […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) दुवईका नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले संयुक्त अरब इमिरेट्स (युएईं) मा आयोजना भएको पुरुष डबल्स ब्याडिमिन्टनमा उपाधि जितेका छन् । सी क्याटगोरीमा नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले भारतीय खेलाडी अनिल पी र पाउलको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भएका हुन् […]