January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाँके नेपालगन्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतको उत्तर प्रदेश (बहरइच) मा भएको प्रथम राना आगम सिंह स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि जितेको छ । यो दाजुभाईको जोडीले इलाहवादका अमरेन्द्र प्रताप सिंह र रवि मिश्रको जोडीलाई २१–१९ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । […]
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेसिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा १६ वर्षे प्रिन्सले दीपेशलाई २१–१८ […]
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल र दीपेश धामीले गोलबजारमा जारी योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिल्क ग्रुपका प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित र दीपेशले पनि आर्मीकै प्रफुल महर्जनलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]
January 16, 2021
सिरहा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपले सनसनीपुर्ण प्रदर्शन गर्दै सिरहामा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मच्चाएको महर्जनको जोडीले सेमिफाइनलमा सेनाकै प्रफुल महर्जन र रुकेश […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र युवा स्टार सिल्क ग्रुपका प्रिन्स दाहाल १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । अर्काे सेमिफाइनलमा दोस्रो वरियताका एपिएफका दिपेश धामीले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछ । गोलबजार कभर्डहलमा शुक्रबार भएको क्वाटरफाइनलमा रत्नले भोजपुरका विकास […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष तीनमा स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शुक्रबार २०२१ मा खेलाडीको वरीयतामा नयाँ अपडेट गरेपछि प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर […]
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका रत्नजित तामाङ, प्रफुल महर्जन, एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्याङकिङ १६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यि चार खेलाडीले आ–आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको यात्रा तय गरेका हुन् । समूह ‘ए’ […]
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक रत्नजित तामाङ, नम्वर दुई दिपेश धामी र विश्व जुनियरको ११औं वरीयताका ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले योनेक्स सनराईज १०औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा दोहोरो जित निकालेका छन् । सिरहाको गोलबजारमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको टप १६ भित्रमा नेपाली सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१–७ […]
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका प्रमुख बिनोद कुमार बम्जनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो । ब्याडमिन्टन खेलाडी समेत रहेका बम्जन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो । सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे […]