October 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]
September 15, 2024
हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]
September 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स […]
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका न्यात एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् । लगातारको दोस्रो हारसँगै उनी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिए । जुनियर विश्व नम्बर एक खेलाडी रहिसकेका प्रिन्सले कुनै पनि […]
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् । प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]