February 18, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । महर्जन जोडीले एपिएफका जोशेप अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–१५ र २१–१६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै ललितपुरका शसिन डंगोल र सुमित महर्जनको […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शीर्ष १६ वरियता बाहेकको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६ र २१–१३ ले पराजित गरे । अब दिवशले पूर्णको सामना गर्नेछन् । पूर्णले चितवनका टेकप्रसाद […]
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिनिङ ११औं पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पुरा भएको छ । पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर […]
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भोजपुरकी नङ्सल देवी तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबबी रशिला महर्जनले दोहोरो जित निकाल्दै लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तरगत महिला एकलतर्फको शीर्ष १२ भित्र क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित नखिपोट कभर्डहलमा मंगलबार भएको खेलमा शीर्ष वरियताकी नङ्सले समूह ‘ए’ मा एपिएफकी सुनयना मुखियालाई २१–१३ र २१–८ […]
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । […]
February 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ मा अन्तर्राष्ट्रिय लाइन जजको रुपमा सहभागिता जनाउन नेपालबाट वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल त्यसतर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप मलेसियाको राजधानी क्वालालम्पुरमा १५ देखि २० फेब्रुअरीसम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा सहभागी हुनुअघि ६ दिन क्वारेन्टिनमा […]
February 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी […]
February 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका […]
January 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]
January 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको विश्व वरियताको जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन् । नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ती जारी गर्दै […]