October 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् […]
October 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । विपनाले भावनामाथि ११–८, ११– ४ र ११–५ सहज जित […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा अमृतले बागमती प्रदेशका अरहान्त केशर सिंहमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् । सातौंमा अरहान्तलाई पराजित गरेका अमृतले आठौंमा […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । गण्डकीका अमृत थापामगरसँगै बागमती प्रदेशका अराहान्त केशर सिंह अन्तिम आठमा पुगेका छन् । अमृत आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को […]
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र कृष्णा थापा मगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बनेका छन् । अरहान्त पुरुष खुल्लातर्फ तथा कृष्णा महिला एकलतर्फको च्याम्पियन बनेको हो । अरहान्त र कृष्णा गत असारमा ओलम्पिक दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा […]
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिहं र अमृत थापामगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ११–५, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । यस्तै अमृतले दीपक थापामाथि ११–२, ११–४ र […]
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ […]
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र अमृत थापामगरसँगै अमिर ब्लोन र दीपक थापा चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार दोहोरो जित निकाल्दै अरहान्तले अन्तिम चारको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा आभान श्रेष्ठलाई ३–० को सोझो सेटमा हराएको अरहान्तले […]
August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार अमृतले राज श्रेष्ठलाई ११–१, ११–० र ११–४ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–३, ११–५ र […]