April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको छ । यु–१९ र यु–१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा गर्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतवार सम्पन्न प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट […]
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा यसै साता साउथ एसियन रिजनल युथ टेबल टेनिस च्याम्पियनसिप हुनेभएको छ। एसियन टेबल टेनिस युनियन (एटिटियू) को वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुन लागेको टेबल टेनिस संघको मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। च्याम्पियनसिप वैशाख ११ देखि १४ गते सम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटमा अर्को साता बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १३ गते देखि १५ गते सम्म शनिवार पत्रकार सम्मेलन जानकारी दिइयो । प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स , भेट्रान्स ४० वर्ष माथि, ओपन मेन्स डबल्स ( जिल्ला) […]
April 18, 2025
दिपक बोहोरा ,पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयाेजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता वैशाख ८ देखि १० गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । खेलकुद विकास समिति पाँचथरले शुक्रवार पत्रकार सम्मेलन गर्दै […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]