September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा बिहीवार सम्पन्न भएको छ। खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस नेपालमा पहिलो पटक आयोजना भएको हो । कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार […]
September 12, 2024
पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बिहीवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । आर्मी ३ खेलमा २ जित र १ हार जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । बागमतीलाई हराउँदै […]
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]
September 11, 2024
एजेन्सी – एसियाली क्रिकेट परिषद् (एसिसी) ले महिला यु१९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले उक्त निर्णय गरेको हो । एसिसीले महिला यु१९ एसिया कप हरेक आइसिसी महिला यु१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको छ । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा […]