September 15, 2024
हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आइतवारको दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाले अंक बाडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बागमती र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । गोल गर्ने मौका पाए पनि दुवै टोलीले गोल भने गर्न सकेनन् । बराबरीसॅंगै चन्द्रपुरको ५ खेलमा ४ अंक भएको छ । उता बागमतीको […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ […]
September 15, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले आइतवार सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । सन् २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो । पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की […]
September 15, 2024
पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।त्यस्तै गण्डकी प्रदेशको […]
September 15, 2024
एजेन्सी – कप्तान लिओनल मेस्सीको लामो समयपछि मैदानमा पुनरागमन गर्दै गोल गरेको खेलमा इन्टर मियामीले विजयी भएको छ । मियामीले मेजर लिग सकर (एमएलएस) आइतवार फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ । अर्जेन्टिनाका स्टार मेस्सीको जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १-० ले हराएको खेलमा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मैदानमा बाहिर […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा सुरु हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेल आज रहेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय […]