November 10, 2024
दिल तामाङ, सिड्नी कप्तान सुशान्त कुँवरको ह्याट्रिक सहयोगमा सेन्ट जर्ज नेप्लिज क्लबले २५औं संंस्करणको गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल शिल्डको उपाधि जितेको छ । सुरुवाती अग्रता लिएपनि १–३ ले पछि परेको स्थिति उल्ट्याएर सेन्ट जर्जले साविकको विजेता फेवा एफसीमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित नोरफोर्ड पार्क चेस्टर […]
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि बाटो खुलेको छ। एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट […]
November 10, 2024
सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिवार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरको राखेपले जनाएको छ । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो । नेपाली टिम भोली भारत हुँदै ताजिकिस्तान प्रस्थान गर्दैछ । प्रस्थानका लागि टोलीको कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ । टोलीका […]
November 9, 2024
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]