default_image

popular

December 13, 2024

लारा आजै एनपिएल हेर्न जाने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

December 12, 2024

काभा क्लब च्याम्पियन्सिप – लिगमा इरान यु १८ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ ले हराएपछि सेमिफाइनल पुगिसकेको इरान यु-१८ टोली तालिकाको शीर्षस्थानमा रहेको छ। एक खेल अगाडि नै इरान यु १८ र हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि लगातार तीन खेल जितेको हेल्प नेपालले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो। पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक रह्यो । […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

शीर्षस्थानका लागि हेल्प नेपाल र इरान यु १८ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज लिग चरणका अन्तिम दुई खेल हुनेछ। पहिलो खेलमा शीर्षस्थानको लागि घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र इरान यु-१८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कर्भड हलमा खेल दिउँसो १ बजे सुरु हुनेछ। लिगको सबैभन्दा रोमाञ्चक खेलको रूपमा यो खेललाई हेरिएको छ। किनकी […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.