December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]
December 24, 2024
सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यलाई नेपाल गल्फ संघले सम्मान गरेको छ। राजधानीमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सदभावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँ सहित सम्मान गरे। नेपाली […]
December 24, 2024
दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को ७ उपाध्यक्ष निर्विरोध भएको छ। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले मंगलवार उम्मेदवारी फिर्ता लिएपछि ७ उपाध्यक्ष निर्विरोध भएका हुन्। उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । फुटबलर्स मिसन टुगेदरका वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि. राणा र ब्लुक्रस कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ५ वर्षको रहेको बताइएको छ। मिसन टुगेदरमा आवद्ध पूर्व फुटबल खेलाडी , प्रशिक्षक, […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसको सफल क्लब एभिएम टेबल टेनिस क्लबलाई विश्व परिचित खेल सामाग्री निर्माणकर्ता तिभारले प्रायोजन गरेको छ । आदर्श विद्या मन्दिर (एभीएम) स्कुलमा अवस्थित एभीएम टेबल टेनिस क्लब नेपालको सबैभन्दा सफल टेबल टेनिस क्लबमध्य एक हो । नेपालको राष्ट्रिय टोलीमा खेल्ने खेलाडी उत्पादन देखि घरेलु च्याम्पियन उत्पादन गरेको यस क्लबलाई […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ। १९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र तेज बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्। ७ उपाध्यक्षको लागि ९ […]