default_image

popular

December 29, 2024

फाल्गुनन्द गोल्डकप फाइनल – चर्च ब्वाइज र  मच्छिन्द्र दुवै आशावादी

दिपक बोहोरा, पाँचथर फिदिममा‌ जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली  चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]

December 28, 2024

राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)-  राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ।   ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्।  स्वीस लिग तालिकाले सातौं चरणमा […]

December 28, 2024

जुनियर सिरिजमा भारत खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]

December 28, 2024

सर्वोच्चको आदेशको अवज्ञा गर्दै एनओसीको निर्वाचन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै शनिवार भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्षमा चुनिएका छन् । अनलाइन निर्वाचनमा खसेको सबै २० भोट मध्ये श्रेष्ठले प्राप्त गरेको उपाध्यक्ष चतुरानन्द राज वैद्य ले जानकारी दिए। एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् । अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको […]

December 27, 2024

मेलम्चीमा राष्ट्रिय खुला कराते प्रतियोगिता हुने

मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]

December 27, 2024

फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेको‌श हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]

December 27, 2024

शुक्रको रेकर्ड बराबरी गर्दै निरज इस्टर्न ओपन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले शुक्र बहादुर राईको कुल स्कोरको रेकर्ड बराबरी गर्दै १७-अन्डर १९३ को सानदार स्कोरमा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन्। आज ५-अन्डर ६५ को स्कोरमा उनले विष्णु प्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पहिलो पटक इस्टर्न ओपन च्याम्पियन बने। निरजले यसअघि गत सिजन काठमाडौं ओपनको उपाधि जितेका थिए। लयमा […]

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

Success

Thank you for your time.