September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ । जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ । जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज […]
September 29, 2024
सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सदभावलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले आइतवार बिदाइ गरे। सदस्य सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए। नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक […]
September 29, 2024
दिल तामाङ , सिड्नी भलिबल स्टार प्रतिभा मालीले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएकी छिन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । प्रतिभाले बुधवार अस्ट्रेलिया जाने जानकारी दिइन् । […]
September 29, 2024
दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]
September 29, 2024
एजेन्सी – न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंकाले क्लिनस्विप गरेको छ । न्युजिल्यान्डविरुद्ध श्रीलंकाले दोस्रो टेस्टमा फराकिलो जित हात पारेको छ । श्रीलंकाले पाहुना टोलीमाथि दोस्रो टेस्टको चौथो दिन आइतवार १ इनिङ र १ सय ५४ रनको जित हासिल गरेको हो । जित सँगै घरेलु टोलीले सिरिजमा २-० ले क्लिनस्विप गरेको छ । पहिलो खेलमा घरेलु टोलीले […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै […]
September 29, 2024
सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]
September 29, 2024
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]
September 29, 2024
दिल तामाङ नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको योे फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज १९ गतेसम्म चल्नेछ । इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी […]