default_image

popular

November 10, 2024

रुपन्देही सुपर लिगमा देवदह विजयी

सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]

November 9, 2024

ब्याडमिन्टनको कोचिङ कोर्स सकियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]

November 9, 2024

राखेपलाई खेल र रिसर्च ल्याब सामाग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिवार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरको राखेपले जनाएको छ । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल […]

November 9, 2024

मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो । नेपाली टिम भोली भारत हुँदै ताजिकिस्तान प्रस्थान गर्दैछ । प्रस्थानका लागि टोलीको कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ । टोलीका […]

November 9, 2024

रूपन्देही सुपरलिग सुरु – स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु […]

November 9, 2024

काठमाडौं गुर्खाजको एन्थम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]

November 9, 2024

वल्ड बडी बिल्डिङमा सनमलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]

November 9, 2024

काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]

November 9, 2024

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]

November 9, 2024

विजय र विनिसालाई गाैघाट ग्रीन रनकाे उपाधि

नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमाजनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे […]

Success

Thank you for your time.