August 25, 2015
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]
August 24, 2015
काठमाडौं, भदौ ६ गते । एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह […]
August 22, 2015
काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]
August 18, 2015
काठमाडौं, भदौ १ गते । काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका […]
August 17, 2015
अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ । सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, […]
August 17, 2015
नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले […]
August 15, 2015
नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]
August 15, 2015
अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]