October 25, 2015
युनिसेफको फण्डरेजिङ अभियानमा पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम नेपालमा फुटबल खेल्ने भएका छन । बेलायती मिडिया अनुसार बेक्याम ७ दिनमा ७ भिन्न देशहरुमा खेल्ने छन जस मद्धे नेपाल पनि एक हुनेछ , काठमाडौँ पोस्ट अनलाइनले जनाएको छ । कान्तिपुर श्रोत अनुसार अखिल नेपाल फुटबल संघलाई भने यस बारे कुनै जानकारी आएको छैन ।
October 24, 2015
नेपाल राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काको जन्मदिनको अवसर पारेर अन्तराष्ट्रिय क्रीकेट परिषद (आइसिसिले) गरेको फेसबुक पोस्टमा बिभिन्न देशका क्रीकेट समर्थकहरुले सकारात्मक सन्देश दिएका छन । बाङ्लादेश , भारत , पाकिस्तान लगायातका समर्थकहरुले २८ बर्ष पुरा गरेका नेपाली कप्तानलाई जन्मदिनको शुभकामना दिएका हुन ।
October 23, 2015
कार्तिक ६ – दिपेन्द्र पोखरेल : हाम्रो खेलकुद आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको हो । प्रस्तुत छ बिश्व कप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य : १. छनोट चरणको हरेक खेलमा बिजय : मलेसियामा सम्पन्न छनोट चरणको खेलहरुमा आफ्नो सबै प्रतिद्वोन्दी हरुलाई हराउदै नेपाल आगामी वर्ष बंगलादेशमा […]
October 22, 2015
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]
October 21, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्यो । ओपिनिङ […]
October 19, 2015
काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ । एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो […]
October 19, 2015
दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो । सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]
October 19, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ ६ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]
October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ । क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]
October 18, 2015
राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो| दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| […]