default_image

popular

February 4, 2016

नेपाल फिफा वरियतामा आठ स्थान माथि

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

February 2, 2016

क्वाटर फाइनलमा नेपाल बाङ्लादेश सँग भिड्ने

जारी यु १९ बिश्व कप क्रीकेटमा नेपालले क्वाटर फाइनलमा बाङ्लादेशको सामना गर्ने भएको छ। समुह ‘डी’ को उप-बिजेता बन्दै क्वाटारफाइनल प्रवेश गरेको नेपालले समुह ‘ए’ को बिजेता बाङ्लादेशसँग फेब्रुअरी ५को दिन भिड्ने छ । यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । बाङ्लादेशले भने नामेबिया बिरुद्ध […]

inam kharel

February 2, 2016

इनाम खरेल ईंग्लिश क्लबमा अनुबंधित

लण्डनमा बस्दै आएका इनाम खरेल ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग यस सिजनको अन्त्य सम्मकोलागी अनुबंधित भएका छन। इनामको अनुसार उनले अब लण्डनको उक्त क्लबसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेल्ने छन , जुन ईंग्लिश लिगको ९औ टियरमा पर्दछ । १९ बर्षिय ६ फिटका गोल रक्षक  इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए । इनामले आफु नेपाल आएर नेपालको यु-२३ टोली […]

January 31, 2016

पक्राउ परेपश्चात सागरको पहिलो अन्तर्वार्ता [भिडियोसहित]

नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:

Rohit Chand

January 30, 2016

रोहितको क्लब माथिल्लो डिभिजनमा बढुवा

मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ| आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|

mmc win

January 30, 2016

मनाङ्ग मर्श्याङ्गदि क्लब आहा- रारा उपाधि बिजेता

आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ  । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]

January 30, 2016

सन्दिपको ह्याट्रीकमा नेपाललाई सहज लक्ष्य

जारी यू १९ बिश्व कप क्रीकेटमा आएरल्याण्डले नेपाललाई १३२  रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आएरल्याण्डले सम्पूर्ण ५० ओभर खेल्दै ९ विकेट खर्चेर१३१ रन बनायो । ह्याट्रीक गरेका सन्दिप लामिछानेले कुल ५ विकेट लिए । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । लोर्केन टाकरलाई […]

aaha rara

January 30, 2016

आहा! रारा – फाइनलमा आज मनाङ र आर्मी भिड्दै

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पारेको लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप को उपाधी जित्न आज विभागीय टोली आर्मी सँग भिड्दै छ  । सेमी फाइनलमा आयोजक साहारालाई हराउदै फाइनल प्रवेश गरेको आर्मीले यस अघी जावलाखेल र थ्री स्टारलाई हराएको थियो । त्यसै गरी मनाङ ले भने गोर्खा बृगेड र झापा ११ […]

Manang Marsyangdi

January 28, 2016

आहा! रारा: अफिजको ह्याट्रिकले मनाङ्ग फाइनलमा

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]

nepal u19

January 28, 2016

न्यू-जिल्याण्ड सामु नेपालको २३९ को लक्ष्य

टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न सुम्पेको न्यू-जिल्याण्डलाई नेपालले जारी यु१९ बिश्व कपमा २३९ रनको लक्ष्य खडा गरेको छ  । नेपालको लागी कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए ।  ७१ बलको सामना गर्दै राजुले ६ चौकाको मद्दतले ४८ रन जोडे  । त्यस्तै ओपनर सन्दीप सुनारले ३९ , आरिफ शेकले ३९ रनको योगदान दिए  । कुशल भुर्तेलले २३ बलमा ३५ […]

Success

Thank you for your time.