February 24, 2016
यज्ञराज जोशी काठमाडौ फागुन १२ धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आतिथ्यमा क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस (नेशनल क्रिकेट स्कुल, काठमाडौ) क्रिकेट सिरिजको पहिलो खेलमा एनसिएसले घरेलु टोली डिसिएलाई ७ रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनिल थापाको ४९ रनको मदतले ४०.४ […]
February 23, 2016
आरजे स्पोर्टसले धनगढी क्रिकेट एकेडेमी (डिसिए) को क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ । आरजे स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले डिसिएका अध्यक्ष सुवास शाहीलाई जर्सी हस्तान्तर गरेका थिए । नेपाल क्रिकेट स्कुलसाग हुने मैत्रीपूर्ण खेलका दौरान डिसिए टोलीले आरजेले प्रायोजन गरेको जर्सी प्रयोग गर्नेछन् । डिसिए र क्रिकेट स्कुलबीच एउटा दुई दिवसीय, ३/३ वटा एक […]
February 23, 2016
१२औं साग अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक दिलाएकाडिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट सिक्किमबाट फर्केका छन्| साग सकिएलगत्तै भारतको गुहावटिबाटै सिक्किम तर्फ लागेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएका थिए| तर क्लबसँग सहमति हुन नसकेपछि खेलाडीहरु नेपाल फर्किएका हुन्| अन्जन र अनन्त साफ यु-१९ विजेता टोली र बंगबंधु गोल्डकप विजेता टोलीमा […]
February 23, 2016
काठमाडौं, फागुन ११ आयोजक आर्मीको ए र बी टिम बीच सेमिफाइनलमा भिड्ने पक्का भएको छ । मंगलवार भएको लिग खेलमा आर्मीको बी टिमले पश्चिमाञ्चललाई हराए पछि अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि दुवै टिमले जित्नै पर्ने अवस्थामा आर्मी बीले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले पश्चिमाञ्चलमाथि २५–१८, २५–१९ र […]
February 23, 2016
लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्डी क्लबलाई पेनल्टी किकमा हराउदै नेपाल पुलिस क्लब जारी बिराट गोल्ड कपको सेमी फाइलन प्रवेश गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबारीमा रोकिएपछी थप ३० मिनेट को समय मा दुबै टिमबाट गोल हुन नसकेपछी खेल पेनाल्टी सुट बाट तय भएको थियो । खेल को ७० औ मिनेट मा बिनोद कार्की ले […]
February 23, 2016
काठमाडौं– नेपालको राष्ट्रिय फुटबल टोलीले अर्को महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । मलेसिया फुटबल संघको अनुरोधमा दुई देशबीच चैत १६ गते मलेसियाको क्वालालम्पुरमा मैत्रीपूर्ण खेल तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ । नेपालले पछिल्लो एक महिनामा लगातार दुई उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु […]
February 22, 2016
दिपेश तिमल्सिना काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आउने दुई बर्ष कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भन्ने विभिन्नअनलाईनको समाचारले सोमबार पाठकमाझ भ्रम सृजना गराएको छ । तर, त्यो समाचारमा कुनै सत्यता भने छैन । खासमा नेपालले दुई बर्ष प्रतियोगिता खेल्न नपाउने नभइ, नेपालको राष्ट्रिय टोलीले खेल्नु पर्ने कुनै पनि प्रतियोगिता अब लामो समय छैनन् […]
February 21, 2016
काठमाडौं, फागुन ९ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । प्रतियोगिता अन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदुरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै […]
February 21, 2016
नेपाल स्पोर्टस फाउन्डेसनले फिक्टसको सहकार्यमा आयोजना गरेको नेपाल अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव काठमाडौंमा समापन भएको छ | नेेपालका तिन र विदेशका तिन गरी दुई दिनमा कुल छ वटा फिल्म देखाइएको महोत्सवमा चार वटा प्यानल वार्ता सेसन पनि समावेश थिए | खेलकुद र त्यसको वरपर आधारित रहेर गरिएको वार्तालापमा खेलकुद लगाएत विविध क्षेत्रका हस्ती हरुलाई सहभागि […]
February 21, 2016
काठमाण्डौ, फागुन ९ गते आउदो फागुन २२ गतेबाट क्रिकेटको शहर धनगढीमा सुरु हुनेधनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ लाई मुख्य प्रयोजकका रुपमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । आईतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्यप्रयोजक सगरमाथा सिमेन्ट विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सगरमाथा सिमेन्टले मुख्य प्रयोजक गरेवाफत आयोजकलाई १० लाख रुपैया दिने भएको छ […]