March 29, 2016
आइतबार राति मलेसियामा भएको मैत्रीपूर्ण खेलमा मलेसिया यु-२२ संग १-१ को बराबरी खेल खेलेको नेपाली टोलि नेपाल फर्किएको छ| आज बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको टोलि अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन्| चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ| […]
March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् | मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् | […]
March 26, 2016
मलेसिया यु-२२ विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मलेसियाको सेम्बिलान पुगेको नेपालले आफ्नो ६ खेलाडीहरुलाई चोट र अन्य कारणले टोलीमा राखेको छैन | चोटका कारण रोहित चन्द र आदित्य चौधरी मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् भने बिक्रम लामा, अन्जन बिष्ट, अनन्त तामाङ र बिमल घर्ति मगर विदेशमा खेल्दै छन्| बिमल भने चोटका कारण अझैपनि नेपालमै बसेर विश्राम […]
March 25, 2016
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधान तत्कालका लागि टरेको छ । नेपाली फुटबलको अन्तरिक विवाद बुझ्न विवाद समाधानको उपाय सुझाउन आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि मण्डल केही दिनमा लिखित निर्देशन दिने भन्दै बिहीबार मलेसिया फर्केको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिघंम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलले […]
March 23, 2016
साफ च्याम्पिएनशिपमा राष्ट्रिय टोलीका कप्तान रहेका फरवार्ड अनिल गुरुङ्ग चैत्र १४ गते हुने भनिएको मलेसिया यु-२२ विरुद्धको मैत्रीपूर्ण खेल खेल्ने टोलीको अन्तिम २३मा अटाउन सकेनन्| बंगबंधु गोल्डकपमा सागको तयारीको लागि युवा खेलाडीलाई सामेल गरिएको कारण टोलीमा स्थान बनाउन नसकेका गुरङ्गले अहिले सिनिअर टोलि बनाउदा पनि अन्तिम २३मा स्थान बनाउन नसक्दा धेरै आश्चर्यचकित भए| मनाङ्ग मर्श्यन्ग्दी […]
March 22, 2016
मलेसिया यु२२ विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावलीमा त्रिभुवन आर्मीका फरवार्ड भरत खवास पनि परेका छन्| चोटका कारण साफ च्याम्पियनसिप खेल्ने टोलीमा नअटाएका भरतले बंगबन्धु र सागमा पनि स्थान बनाउन सकेका थिएनन्| घरेलु प्रतियोगितामा आर्मीबाट कप्तानी गर्दै पुरानै लयमा फर्कने प्रयासमा रह्का भरतलाई जापानी प्रशिक्षक ग्योतोकु कोजीले प्रारम्भिक छनोटमा बोलाएका थिए| प्रारम्भिक चरणको छनोटमा […]
March 21, 2016
मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन । टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन । स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन […]
March 20, 2016
प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]
March 20, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुादा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको […]
March 20, 2016
१२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । शनिवार बिहान आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगर परिक्रमा सहित नगद पुरस्कारले सम्मान गरिएको थियो । सहारा क्लब, पोखराले आयोजना गरेको कार्यक्रममा उसुकी निमा घर्ति मगर र फुटबल टोलीका सदस्यहरुको उपस्थिति थियो । जुडोकी फुपू ल्हामु भने प्रशिक्षणक लागि हंगेरीमा रहेकी हुनाले उपस्थित हुन सकिनन् । खेलाडीहरुलाई […]